रूपाकोट संवाददाता–
खोटाङ, कात्तिक १३–जिल्लामा १२ वर्षीया बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेकी १२ वर्षीया कोपिला विश्वकर्मा कात्तिक १३ गते साँझ मृत फेला परेकी हुन् ।
घरको बरण्डामा काठको बलामा साँझ सवा ६ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । यसबारेमा जानकारी आउनासाथ प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको पोखरेलले बताए ।




















