रूपाकोट संवाददाता–
खोटाङ, कात्तिक ३–प्रथम सोल्मा यू १७ फुटबल प्रतियोगिताको सेमी फाइनलमा चार टिम प्रवेश गरेका छन् । कात्तिक २ गते सुरु खेलमा सोल्मा निलो, नेर्पा स्पोर्टस् क्लव, खोटाङ फुटबल एकेडेमी र दिक्तेल फुटबल क्लव प्रवेश गरेका हुन् ।
कात्तिक ३ गते भएको खेलमा खोटाङ फुटबल एकेडेमीले बाम्राङलाई ट्राइब्रेकरमा हराउदै सेमी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै दिक्तेल फुटबल क्लवले सोल्मा सेतोलाई तीन शुन्यले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
कात्तिक २ गते भएको खेलमा सोल्मा निलोले बास्पानी फुटबल क्लवलाई एक शुन्यले हराउदै सेमी फाइनलमा प्रवेश गरेको हो । त्यस्तै नेर्पा स्पोर्टस् क्लवले मुन्दुम फुटबल क्वल रतन्छालाई ट्राइब्रेकरमा हराएको थियो ।
कात्तिक ४ गते हुने पहिलो खेलमा सोल्मा स्पोर्टस् क्लव र खोटाङ फुटबल एकेडेमी बीच भिडन्त हुने छ भने दोश्रो खेलमा नेर्पा स्पोर्टस् क्लव र दिक्तेल फुटबल क्लव बीच आमनेसामने हुने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते हुने छ । खेलको विजेता टिमले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । ‘चाडबाडको बेला युवाहरू गलत बाटोमा नलोस् भनेर दसैं–तिहारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो’ राईले भने–‘सिर्जनात्मक गतिविधिमा संलग्न भयो भने युवाहरूको प्रगति हुन्छ भन्ने लागेर खेल आयोजना गरिएको हो । उक्त प्रतियोगिता खेलकुल विकास समिति खोटाङका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यमा भइरहेको हो ।




















