रूपाकोट संवाददाता–

खोटाङ, असोज २५–दिप्रुङ चुइचुम्मा गाउँपालिका र उदयपुर जोड्ने झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त पुल मर्मतपछि असोज २४ गतेबाट सञ्चालनमा आएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भडारेघाट र उदयपुरको रौतामाई गाउँपालिका–३ जोड्ने यो झोलुङ्गे पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मर्मत गरेको हो । गाउँपालिकाको एक लाख ४५ हजार रूपैयाँको लागतम पुल मर्मत गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।