सविना अछामे–

खोटाङ, असोज १५–दिक्तेल–काठमाडौं यातायात सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्ग अबरोध भए पनि सिन्धुली–हेटौडा–नौबिसे हुदै काठमाडौंसम्म यातायात सञ्चालन गरिने भएको हो ।

खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङका अनुसार खोटाङबाट छुट्ने बस, सुमो लगायतका साधन सञ्चालन हुने छन् । भाडा भने बढ्ने हिङ्माङले बताए । तर कति भाडा लिने भन्ने विषय टुङ्गो नलागीसकेको उनले सुनाए । 

खोटाङ यातायातले सोमबारदेखि दिक्तेल–जयरामघाट–घुर्मी–कटारी हुदै विराटनगरसम्म यातायात सञ्चालन गरेको छ । ग्रामीण क्षेत्रको सडक भने सञ्चालनम आइसकेको छैन । जिल्लाको दश स्थानीय तहमध्ये अधिकांशले सडक मर्मत गरिरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् ।