खोटाङ, भदौ २/ थामे बाढीमा बेपत्ता भनिएका ५५ वर्षीय नुरु टुडु शेर्पा सम्पर्कमा आएका छन् । साउन ३२ गते हिमताल फुटेर बाढी आउँदा बेपत्ता भएका शेर्पा भदौ २ गते थामेको माथिल्लो गाउँमा फेला परेका हुन् ।
सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार गाउँलेले खबर गरेअनुसार थामेको माथिल्लो गाउँमा फेला परेका हुन् । सुरुमा गाउँलेले नै बेपत्ता भनेको र अहिले पनि गाउँलेले नै भेटियो भनेर खबर गरेको डिएसपी घिमिरेले बताए ।




















