रूपाकोट संवाददाता–
खोटाङ, चैत २३–विश्वप्रशिद्ध हलेसीमा रामनवमीको अवसरमा तीर्थालुको भीड लागेको छ । चैत २३ गते मात्र पाँच हजार बढी तीर्थालु हलेसी आएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार नेपाल बाहेक अमेरिका, चीन, भारत, भुटान, मलेसिया लगायतका तीर्थालु हलेसी आएका छन् । हलेसी आएका करिब पाँच हजार तीर्थालु शनिबार जाग्राम बसेको गिरीले बताएका छन् । उनीहरू रातभर जाग्राम बसेर बिहान पूजा आराधना गरी फर्किने गिरीको भनाई छ । गिरीका अनुसार रामनवमीको अवसरमा तीन दिनदेखि हलेसीमा भीड लागेको हो । यातायातको सुविधाका कारण तीर्थालुको संख्या बढ्दै गएको छ ।




















