सविना अछामे–

खोटाङ, पुस १४–नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा पुस १३ गते राती सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएका हुन् ।

खुला उपाध्यक्षमा चिरञ्जिवि आचार्य, समावेसी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन वास्तोला, सह–सचिवमा गिरिराज राना मगर, कोषाध्यक्षमा नवराज कटुवाल चयन भएका छन् ।

खुला सदस्यहरूमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल छन् । महिला सदस्यहरूमा कल्पना शर्मा र समीक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई छन् । 

प्रदेश प्रतिनिधिमा चन्द्रमायाँ राई, नवराज रिजाल, योगेश श्रेष्ठ, रवीनकुमार फुयल र विवेक पराजुली निर्वाचित भएका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा जानुका श्रेष्ठ, खेमराज आचार्य, प्रकाश घिमिरे, रमेश पोखरेल र रामकुमार राई निर्वाचित भएका छन् ।