सविना अछामे–

खोटाङ, पुस १२–दिक्तेलमा मानव र जंगली जनावर प्राकृतिक सहयात्रा हाम्रो प्रयास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा पुस १२ गते उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बा“दर नियन्त्रणको उपायहरुको बारेमा डाक्टर बेनु बहादुर कार्कीले जानकारी गराएका थिए ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विसन राई लगायत जनप्रतिनिधिहरू, डिभिजन वन कार्यालय खोटाङ लगायत विभिन्न कार्यालयका कर्मचारीहरू लगायतको सहभागिता थियो ।