सविना अछामे–

खोटाङ, पुस ११–दिक्तेलमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । पुस १० गते जेष्ठ नागरिक कार्यालय अगाडि कर्म मन्दिरमा उक्त दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा नगरप्रमुख भट्टराई, वडा नं १ का वडाअध्यक्ष नवराज राई, जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी नायव निरीक्षक कोपिला भुजेल लगायतले धारणा राखेका थिए । कार्यक्रममा नाचगान समेत प्रस्तुत गरिएको थियो ।