रूपाकोट संवाददाता–
खोटाङ, पुस १०–काठमाडौंबाट फेदी आउदै गरेको टाटा सुमो दुर्घटनामा घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँटीमा पुस १० गते दिउसो तीन बजे दुर्घटना हुदा घाइते भएका राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको थियो । तर अस्पताल आइपुग्ना साथ ल्याउने साथ उनको मृत्यु भएको घोषणा गरिएको हो ।
प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार गाडी राखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनाको बेला चालक गाडी बाहिरै रहेको डिएसपी विष्टले बताए । गाडी चालक ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राईलाई पक्राउ गरिएको डिएसपी विष्टले बताएका छन् ।




















