रूपाकोट संवाददाता–
खोटाङ, पुस ८–जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्य भक्तपुरमा मृत फेला परेका छन् । सूर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा पुस ८ गते विहान मृत फेला परेका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ निवासी ५६ वर्षीय कुलप्रसाद केही दिनअघि मात्र काठमाडौं गएका थिए । बालकोट फिकाधारामा डेरा गरी बस्ने छोराहरू प्रवीण र मिलन आचार्यको कोठामा उनी र २२ वर्षीय कान्छा छोरा प्रवीण मृत फेला परेका हुन् । फरक–फरक कोठामा बाहिरबाट चाँबी लगाएको अवस्थामा मृत भेटिएको उनका परिवारले जनाएका छन् । जेठा छोरा मिलन भने सम्पर्क विहीन छन् । ‘छोराहरू भट्दै उपचार फलोअपमा केही दिनअघि जानुभएको हो’ छिमेकी तथा नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले भने–‘कुलप्रसाद र कान्छा छोरा प्रवीण आज विहान मृत फेला पर्नु भयो, जेठो सम्पर्क विहीन छन् ।’




















