रूपाकोट संवाददाता–
खोटाङ, मङ्सिर २७–नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौ जिल्ला अधिवेशनले हरिबोल आचार्यको नेतृत्वमा परेको उम्मेद्वारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्वाचन समितिले मङ्सिर २७ गते निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
प्रथम उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई सर्गम, सहसचिवहरूमा खुलातर्फ मनोज आचार्य, समावेशीमा राजन ठटाल, कोषाध्यक्षमा उजुर राईको निर्विरोध भएका छन् । सदस्यहरूमा महिला सदस्य कृष्णकला राई, आदिवासी जनजाति सदस्य सुनिल श्रेष्ठ, अन्य सदस्यहरूमा खिलन राई र सन्तोष पौडेल गरी ११ जनाको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौलागाई र लोकमणि रिजाल निर्विरोध निर्विचित भएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले बताएका छन् ।




















