रूपाकोट संवाददाता–

खोटाङ, मङ्सिर २३–रावाबेसी गाउँपालिका–६ हौचुरका जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । जाडो मौसममा हौचुरका ४५ जेष्ठ नागरिकलाई मङ्सिर २३ गते न्यानो सिरक वितरण गरिएको हो । 

गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङका अनुसार विपन्न जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत फाइबरको सिरक वितरण गरिएको गुरुङले बताइन् । गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा वितरण गरिएको हो ।