दिनेश चाम्लिङ–

खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँपालिकामा वडा–वडामा योजना संझौता अभियान सुरु भएको छ । योजना संझौताका लागि पालिकामै धाउनु पर्ने वाध्यताको अन्त्य गर्न मङ्सिर १८ गतेदेखि वडा–वडामा योजना संझौता अभियान सञ्चालन गरिएको हो ।

खोटेहाङ गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलका अनुसार योजना संझौता सहित बैंकको खाता खोल्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना संझौता, अभिमुखीकरण र सामग्री वितरण समेत गरिएको छ । सञ्चालन, टाढा–टाढाबाट पालिकामै योजना संझौताका लागि धाउनु पर्ने वाध्यताको अन्त्य गर्न वडा–वडामै योजना संझौता अभियान सञ्चालन गरिएको हो ।

पौडेलका अनुसार उक्त अभियान वडा न १ लिकुवापोखरीमा ८ वटा र वडा नं २ वाप्लुखामा ३ वटा योजनाको संझौता भएको छ । दुबै वडामा राष्ट्रिय वाणिज्य बैंकको सात वटा खाता खोलिएको पौडेलले सुनाए । उक्त अभियान गाउँपालिकाको ९ वटै वडामा मङ्सिर २२ गतेसम्म सञ्चालन हुने छ ।