रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक १४–खार्पामा कात्तिक १४ गते सम्पन्न वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि लामिडाडाँले चुमेको छ । डुम्रेधारापानी बी लाई हराउदै लामिडाडाँले उपाधि चुमेको हो । बिजेता लामिडाडाँले एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता डुम्रेधारापानी बी ले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । तेश्रो हुने डुम्रेधारापानी (ए) र चौथो हुने खार्पा (ए)ले क्रमशः ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।