रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक ४–सोल्मा फुलबल खेल मैदानमा जारी प्रथम सोल्मा यू १७ फुटबल प्रतियोगितामा दिक्तेल फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव (निलो) फाइनलमा पुगेका छन् । कात्तिक ४ गते भएको सेमीफाइनल खेलमा नेर्पा स्पोर्टस् क्लवलाई हराउदै दिक्तेल फुटबल क्लव र खोटाङ फुटबल एकेडेमीलाई हराउदै सोल्मा निलो फाइनलमा प्रवेश गरेका हुन् ।

कात्तिक ४ गते भएको खेलमा नेर्पा स्पोर्टस् क्लव र दिक्तेल फुटबल क्लव बीच भएको खेलमा एक–एक गोल बराबरीपछि ट्राइब्रेकरमा नेर्पा स्पोर्टस् क्लव पराजित भएको हो । त्यस्तै कात्तिक ४ गते भएको अर्को खेलमा खोटाङ फुटबल एकेडेमी र सोल्मा निलो बीच पनि एक–एक गोल बराबरी हुदा ट्राइब्रेकरमा खोटाङ फुटबल एकेडेमी पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते दिउसो साडे ११ बजे हुने आयोजकले जनाएको छ । खेलको विजेता टिमले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । उक्त खेल जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यमा भइरहेको हो ।