रूपाकोट संवाददाता–

खोटाङ, असोज २९–खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र विन्दु बनाएर सोमबार राती १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको क्षति विवरण आइसकेको छैन ।

भूकम्पले पु¥याएको क्षति विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन् । भूकम्पले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाहरूमा धक्का दिएको छ ।