सविना अछामे–
खोटाङ, असोज २०–वाइसीयल जिल्ला समन्वय समिति खोटाङ र अखिल क्रान्तिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाढी–पहिरोको क्षति बारे ध्यानाकर्षण पत्र बुझाएको छ । वाइसीयल खोटाङका सचिव प्रभात राई र अखिल क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङले असोज २० गते दाहाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बाढी–पहिरोले खोटाङमा जनको क्षति नभए पनि अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याएको भन्दै ध्यानाकर्षण गराएका हुन् । मध्यपहाडी लोकमार्ग, फोक्सिङटारको पुल बगाएकाले खोटाङलाई प्रत्यक्ष असर परेकाले ध्वस्त भएका संरचना पुनःनिर्माण, पीडितलाई राहत लगायतका विषयमा ध्यानाकर्षण गराएको डार्विन चाम्लिङले बताए । ध्यानाकर्षण पत्र बुझ्दै दाहालले यसबारे सरकारसमक्ष ध्यानाकर्षण गराउने जानकारी गराएको चाम्लिङले जनाए ।




















